logo

फेसबुकमा नयाँ प्राइभेसी फिचर

    1873   पटक पढिएको


   ७ पुष / अर्थ र व्यापार - विश्वकै नम्बर एक सामाजिक संजाल कम्पनी फेसबुकले ग्राहकको सुविधाका लागि नयाँ फिचरहरू थप गरेको छ । फेसबुकले थपेको नयाँ फिचरहरूमा कसैले आफ्नो फोटो फेसबुकमा अपलोड गरेमा सम्बन्धित प्रयोगकर्तालाई अलर्ट गर्ने लगायत छन् । 
फेसबुकले प्रयोगमा ल्याएको फेसियल रिकोग्निसन फिचरको सहायताले फेसबुकमा पोस्ट गरिएको कुरा फोटोवालालाई नोटिफिकेसन पठाउँछ । यसअघि पनि अटोमेटिक फोटो ट्याग गर्ने यस्तै खालको फिचर फेसबुकमा छ तर हालको फिचर त्यो भन्दा एडभान्स हो । समा फोटो पोस्ट गर्ने मान्छेले फोटो ट्याग नगर्ने अप्सन रहँदैन । अर्थात् यसअघिको फोटो ट्याग हटाउन मिल्ने फिचर भए पनि अब ट्याग नै नगरी पनि सम्बन्धित फोटो वालालाई जानकारी दिनेछ । 
नयाँ फिचरले कसैले तपाईंको फोटो दुरुपयोग गरिरहको छ भने तुरुन्त त्यसबाट बच्न सहयोगी हुनेछ । यस्तो नोटिफिकेसन हेरेर फोटो ट्याग गर्ने वा नगर्ने भन्ने निर्णय आफ्नो फेसबुक एकाउन्टबाटै दिन सकिन्छ । फोटोसँगै भिडियोमा पनि उपलब्ध यो फिचर उपभोक्ताको मन जित्न सफल हुने विश्वास फेसबुकको छ । फेसबुक फेस रिकोग्निसनको माध्यमबाट उनीहरूको पहिचानलाई व्यवस्थित गर्ने काममा सहयोग गर्दछ । यसले पहिलेदेखि नै ट्याग गरिएका फोटोहरूमा तपाईंको परिचय पत्ता लगाउन पनि सक्छ । साथै यो फिचर तपाईंले आवश्यकता अनुसार अन वा अफ गर्न सक्नुहुनेछ । 
यसअघि पनि फेसबुकले तपाईंलाई कुनै स्टाटस वा फोटो ट्याग गरेमा त्यसलाई तपाईंको वालमा पोस्ट गर्ने वा नगर्ने भन्ने निर्णय दिने ट्याग रिभ्यु फंक्सन पनि थियो । यही फिचरसँग मेल खाने गरी फेसबुकले नयाँ सुविधा थपेको हो । यद्यपि पोस्टिएको फोटोका मान्छे पहिचान गर्ने फेस रिकोग्निसन फिचरको प्रयोग सन् २०१० देखि गरिरहेको छ । तर नयाँ फिचरको मुख्य विशेषता भनेकै यो प्रविधिले तपाईंको फोटो ट्याग नगरिकन अपलोड गर्दछ वा कुनै ग्रुप फोटोमा तपाईं हुनुहुन्छ भने पनि तपाईंलाई नोटिफिकेसन आउनु हो । कम्पनीले छिटै प्रोफाइल फोटो सेफ्टीका लागि पनि फेसियल रिकग्निसन प्रविधिको प्रयोग गर्ने जानकारी दिएको छ ।
यसका लागि तपाईंले आफ्नो फेसबुकको सेटिङमा गएर फेसियल रिकग्निसन अन अफ गर्न सक्नुहुनेछ वा त्यसको लागि फेसबुकको हेल्प सेन्टरमार्फत जानकारी लिन सक्नुहुनेछ । हाल यो फिचर क्यानडा र युरोपियन युनियनबाहेकका सबैजसो देशहरूमा उपलब्ध भएको फेसबुकले जनाएको छ । “हामी चाहन्छौं प्रयोगकर्ताले जतिबेला फेसबुकमा आफ्ना फोटोहरू पोस्ट गर्दछन्, त्यसबेला उनीहरू त्यसको गलत प्रयोग नभएकोमा विश्वस्त हुन सकून्,” फेसबुकले यस विषयमा जानकारी दिंदै भनेको छ । 
यसका साथै फेसबुकमा साथीहरूको अनलाइन स्टाटस फिचर पनि सुधारिएको छ । यसअघि कुनै साथी अनलाइन भएको विषयमा ऊसँगको च्याटबक्स खोलेपछि मात्र थाहा हुन्थ्यो भने थपिएको नयाँ फिचरअनुसार साथीहरूको सूचीमै यस्तो स्टाटस थाहा हुन्छ । लिस्टमा भएको कुन साथी कति समयअघि अनलाइन थियो भन्ने कुरा साथीको प्रोफाइल फोटोकै तल्लो कुनामा सानो अक्षरले मिनेट लेखेको पाइनेछ । यी सहित थप फिचरका लागि फेसबुकको एप भने अपडेट गर्न जरुरी हुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।