logo

फेसबुकमा नयाँ प्राइभेसी फिचर

    1615   पटक पढिएको


   ७ पुष / अर्थ र व्यापार - विश्वकै नम्बर एक सामाजिक संजाल कम्पनी फेसबुकले ग्राहकको सुविधाका लागि नयाँ फिचरहरू थप गरेको छ । फेसबुकले थपेको नयाँ फिचरहरूमा कसैले आफ्नो फोटो फेसबुकमा अपलोड गरेमा सम्बन्धित प्रयोगकर्तालाई अलर्ट गर्ने लगायत छन् । 
फेसबुकले प्रयोगमा ल्याएको फेसियल रिकोग्निसन फिचरको सहायताले फेसबुकमा पोस्ट गरिएको कुरा फोटोवालालाई नोटिफिकेसन पठाउँछ । यसअघि पनि अटोमेटिक फोटो ट्याग गर्ने यस्तै खालको फिचर फेसबुकमा छ तर हालको फिचर त्यो भन्दा एडभान्स हो । समा फोटो पोस्ट गर्ने मान्छेले फोटो ट्याग नगर्ने अप्सन रहँदैन । अर्थात् यसअघिको फोटो ट्याग हटाउन मिल्ने फिचर भए पनि अब ट्याग नै नगरी पनि सम्बन्धित फोटो वालालाई जानकारी दिनेछ । 
नयाँ फिचरले कसैले तपाईंको फोटो दुरुपयोग गरिरहको छ भने तुरुन्त त्यसबाट बच्न सहयोगी हुनेछ । यस्तो नोटिफिकेसन हेरेर फोटो ट्याग गर्ने वा नगर्ने भन्ने निर्णय आफ्नो फेसबुक एकाउन्टबाटै दिन सकिन्छ । फोटोसँगै भिडियोमा पनि उपलब्ध यो फिचर उपभोक्ताको मन जित्न सफल हुने विश्वास फेसबुकको छ । फेसबुक फेस रिकोग्निसनको माध्यमबाट उनीहरूको पहिचानलाई व्यवस्थित गर्ने काममा सहयोग गर्दछ । यसले पहिलेदेखि नै ट्याग गरिएका फोटोहरूमा तपाईंको परिचय पत्ता लगाउन पनि सक्छ । साथै यो फिचर तपाईंले आवश्यकता अनुसार अन वा अफ गर्न सक्नुहुनेछ । 
यसअघि पनि फेसबुकले तपाईंलाई कुनै स्टाटस वा फोटो ट्याग गरेमा त्यसलाई तपाईंको वालमा पोस्ट गर्ने वा नगर्ने भन्ने निर्णय दिने ट्याग रिभ्यु फंक्सन पनि थियो । यही फिचरसँग मेल खाने गरी फेसबुकले नयाँ सुविधा थपेको हो । यद्यपि पोस्टिएको फोटोका मान्छे पहिचान गर्ने फेस रिकोग्निसन फिचरको प्रयोग सन् २०१० देखि गरिरहेको छ । तर नयाँ फिचरको मुख्य विशेषता भनेकै यो प्रविधिले तपाईंको फोटो ट्याग नगरिकन अपलोड गर्दछ वा कुनै ग्रुप फोटोमा तपाईं हुनुहुन्छ भने पनि तपाईंलाई नोटिफिकेसन आउनु हो । कम्पनीले छिटै प्रोफाइल फोटो सेफ्टीका लागि पनि फेसियल रिकग्निसन प्रविधिको प्रयोग गर्ने जानकारी दिएको छ ।
यसका लागि तपाईंले आफ्नो फेसबुकको सेटिङमा गएर फेसियल रिकग्निसन अन अफ गर्न सक्नुहुनेछ वा त्यसको लागि फेसबुकको हेल्प सेन्टरमार्फत जानकारी लिन सक्नुहुनेछ । हाल यो फिचर क्यानडा र युरोपियन युनियनबाहेकका सबैजसो देशहरूमा उपलब्ध भएको फेसबुकले जनाएको छ । “हामी चाहन्छौं प्रयोगकर्ताले जतिबेला फेसबुकमा आफ्ना फोटोहरू पोस्ट गर्दछन्, त्यसबेला उनीहरू त्यसको गलत प्रयोग नभएकोमा विश्वस्त हुन सकून्,” फेसबुकले यस विषयमा जानकारी दिंदै भनेको छ । 
यसका साथै फेसबुकमा साथीहरूको अनलाइन स्टाटस फिचर पनि सुधारिएको छ । यसअघि कुनै साथी अनलाइन भएको विषयमा ऊसँगको च्याटबक्स खोलेपछि मात्र थाहा हुन्थ्यो भने थपिएको नयाँ फिचरअनुसार साथीहरूको सूचीमै यस्तो स्टाटस थाहा हुन्छ । लिस्टमा भएको कुन साथी कति समयअघि अनलाइन थियो भन्ने कुरा साथीको प्रोफाइल फोटोकै तल्लो कुनामा सानो अक्षरले मिनेट लेखेको पाइनेछ । यी सहित थप फिचरका लागि फेसबुकको एप भने अपडेट गर्न जरुरी हुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।