logo

एभरेष्ट स्काइडाइभको वार्षिकोत्सवमा विश्व किर्तिमानधारी स्काइडाइभरहरू सम्मानित

    1392   पटक पढिएको


२२ कात्तिक / अर्थ र व्यापार - काठमाडौं– नेपालका लागि मोरक्कोको वाणिज्य दूतावासले त्याहाँका अन्तर्रा्ष्ट्रिय ख्याति प्राप्त विश्व किर्तिमानधारी स्काइडाइभर तथा स्काई डाइभिङ्ग प्रशिक्षक अनस बक्कालीलाई विशेष सम्मान गरेको छ । बक्काली अन्तर्रा्ष्ट्रिय ख्यातिप्राप्त साहषी एवम् जागरुक एवम् उत्साही पेशेवर स्काईडाइभर हुन् । जसले हालसम्म अन्तर्रा्ष्ट्रिय स्काइ डाइभिङ्ग क्षेत्रमा ७,००० भन्दा बढी स्काइडाइभिङ्ग सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । 

नेपालमा पनि सगरमाथाका विविध उचाईबाट स्काइडाइभिङ्ग गर्ने उद्देश्यका साथ सन् २००८ को अक्टोबर २६ तारीखका दिन एभरेष्ट स्काइडाइभ कार्यक्रम स्थापित गरिएको थियो । बक्कालीले गत नोभेम्बर ०३ र ०४ तारीख गरी दुई पटक सगरमाथाको २३,०००फिटको उचाईबाट स्काइडाइभ गरेका छन् । ५ पटकको विश्व किर्तिमानी कार्यक्रमका सहभागी, बक्कालीले गत वर्ष ‘ग्रिन र्माच दिवस’ कै अवसर पारेर अर्थात् सन् २०१६ को नोभेम्बर ०६ तारीखका दिन दुबईस्थित १८००० फिट उचाईको एक स्थानबाट मोरक्कन झण्डासहित हाम फालेका थिए । 

सोही अवसरमा बक्कालीसहित उनका टिमका अन्य स्काइडाइभरहरूलाई पनि सम्मान गरिएको छ । सम्मानीत हुनेहरूमा विश्वका विभिन्न राष्ट्रहरूबाट प्रतिनिधित्व गर्ने १३ जना स्काइडाइभरहरू जो एभरेष्ट स्काइडाइभिङ्गका सिलसिलामा नेपाल आएका  पनि संलग्न छन् । 
टोलीमा विश्व किर्तिमानधारी २१,००० जम्प सहित गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर, वल्र्ड रेकर्ड होल्डर हाइ अल्टिच्युड पोली एथलिट र फ्रिस्टाइल स्काइडाइभिङ्ग विश्व किर्तिमानधारी स्काइडाइभरहरू रहेका छन् । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्य दूत बसन्त चौधरी र र मोरक्कन राजदूतावास नयाँ दिल्लीका मिनिष्टर काउन्सेलर तथा डेपुटी चिफ अफ मिसन हसार्न अलावली मोस्तोफीले संयुक्तरुपमा गरेका थिए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।