logo

इस्ट्रन हाइड्रोपावर कम्पनीले साढे १५ करोडको आइपिओ निष्कासन गर्ने प्रकृया थाल्यो

    1719   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - इस्ट्रन हाइड्रोपावर कम्पनीले १५ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सबैभन्दा खराब रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ । 
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा १५ लाख ५० हजार कित्ता प्राथमिक शेयरमध्ये प्रभावित क्षेत्रका वासिन्दा लागि ६ लाख २० हजार कित्ता निष्काशन गर्नेछ । कम्पनीले ५ मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
क्रेडिट रेटिङ एजेन्सीका अनुसार कम्पनीको प्रतिफल दिने क्षमता एकदमै कमजोर रहेको छ । भोजपुर जिल्लामा निर्माण भैरहेको यस आयोजनाले उत्पादन गरेको विद्युत भोजपुर सब स्टेसनसम्म ल्याउनका लागि ४ किलोमिटरको प्रसारण लाइन निर्माण गर्नु पर्ने हुन्छ । 
कम्पनीले सन् २०११ मा अनुमति लिदा २.४७४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाएको थियो । पछि क्षमता बढाउने क्रममा ५ मेगावाट पुर्याएको हो । जलविद्युत आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ भने जम्मा लागत एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । जसमा ऋणबाट ६० प्रतिशत र शेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने योजना रहेको छ । 
आयोजनाको निर्माण कार्य लगभग ८५ प्रतिशत सकिएको छ। । कम्पनीले सन् २०१९ जुलाइबाट व्यावसायिक उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले बैंकबाट आयोजना निर्माणका लागि ६३ करोड ८० लाख रुपैयाँ दिर्घकालिन ऋण लिएको छ । त्यस्तै ४२ करोड ८० लाख रुपैयाँ संस्थापकहरुबाट संकलन गरेको छ ।       
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।