logo

इस्ट्रन हाइड्रोपावर कम्पनीले साढे १५ करोडको आइपिओ निष्कासन गर्ने प्रकृया थाल्यो

    1454   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार - इस्ट्रन हाइड्रोपावर कम्पनीले १५ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सबैभन्दा खराब रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ । 
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा १५ लाख ५० हजार कित्ता प्राथमिक शेयरमध्ये प्रभावित क्षेत्रका वासिन्दा लागि ६ लाख २० हजार कित्ता निष्काशन गर्नेछ । कम्पनीले ५ मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
क्रेडिट रेटिङ एजेन्सीका अनुसार कम्पनीको प्रतिफल दिने क्षमता एकदमै कमजोर रहेको छ । भोजपुर जिल्लामा निर्माण भैरहेको यस आयोजनाले उत्पादन गरेको विद्युत भोजपुर सब स्टेसनसम्म ल्याउनका लागि ४ किलोमिटरको प्रसारण लाइन निर्माण गर्नु पर्ने हुन्छ । 
कम्पनीले सन् २०११ मा अनुमति लिदा २.४७४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाएको थियो । पछि क्षमता बढाउने क्रममा ५ मेगावाट पुर्याएको हो । जलविद्युत आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ भने जम्मा लागत एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । जसमा ऋणबाट ६० प्रतिशत र शेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने योजना रहेको छ । 
आयोजनाको निर्माण कार्य लगभग ८५ प्रतिशत सकिएको छ। । कम्पनीले सन् २०१९ जुलाइबाट व्यावसायिक उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले बैंकबाट आयोजना निर्माणका लागि ६३ करोड ८० लाख रुपैयाँ दिर्घकालिन ऋण लिएको छ । त्यस्तै ४२ करोड ८० लाख रुपैयाँ संस्थापकहरुबाट संकलन गरेको छ ।       
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।