logo

शनिबारदेखि प्रत्येक वडामा इन्जिनियर परिचालन हुने

    1934   पटक पढिएको


१५  मंसिर / अर्थ र व्यापार - नुवाकोट । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिएका छन् । 

नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित भूकम्पपीडितले निर्माण गरेको निजी निवास ‘घर सम्पन्न प्रमाणपत्र’ प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा पुनःनिर्माणलाई तीव्र बनाउन एक हजार १९६ जना इञ्जिनियर पठाउन लागेको जानकारी दिए । “भूकम्पले क्षति पुगेका आवास निर्माण शतप्रतिशत भूकम्प प्रतिरोधी बनाउन प्राविधिकको अभाव भएको प्रभावितले गुनासो गरे” उनले भने, “मंसिर १६ गते शनिबारदेखि कार्यान्वयन हुनेगरी अतिप्रभावित १४ जिल्लाका १३१ स्थानीय तहको प्रत्येक वडामा एक÷एकजना इञ्जियिनर पठाउन लागेका छौ ।”  

शनिबारदेखि परिचालन हुने इञ्जिनियर वडा कार्यालयमा बसेर एक जनाले बढीमा पाँच सयजना भूकम्प प्रभावित लाभग्राहीलाई सेवा पु¥याउन जिम्मेवारी दिएर परिचालन गर्न लागिएको छ । 

यसअघि साविकको गाविसमा एक÷एकजना इञ्जिनियर परिचालन भए पनि दरबन्दीअनुसार पूर्ति नभएको र भएका पनि जागिर छाडेर अन्यत्र जाँदा आवास निर्माणको काम प्रभावित अभाव मूल समस्या हुँदै आएको थियो । भूकम्पले क्षति पुगेको आवास पुनःनिर्माण प्रभावकारी नभएको भन्दै यहाँका सरोकारवालाको जिज्ञासा सम्बोधन गर्दै प्राविधिक परिचालन र त्योसँगै जोडिएका समस्याको समेत समाधान गर्न प्राधिकरण तयार रहेको उनले बताए । 

“आवास पुनःनिर्माणको लागि दक्ष जनशक्तिको अभाव छ” भुसालले भने, “पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्तिलाई कालीगढ तालीम दिन लागिरहेका छौँ ।” पुनःनिर्माण प्राधिकरणले यही मंसिर १८ गतेसम्म वडा कार्यालयमार्फत तालीम माग गर्नेलाई एक साताको कालीगढ तालीम निःशुल्क प्रदान गर्न लागेकाले पुस मसान्तसम्म ५० हजार नयाँ जनशक्ति उत्पादन गर्ने महत्वकांक्षी योजना बनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत भुसालले आवास पुनःनिर्माणमा उत्पन्न समस्या समाधानका लागि काठको सहज उपलब्ध गराउन, निर्माण सामग्री ९ढुंगा, गिट्टी, बालुवा० स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउन तथा सहुलियत दरमा व्यवस्था गर्न, आवास निर्माणको नक्सापास निःशुल्क र एक साताभित्रै गरिदिनस्थानीय तहका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिए । भूकम्प प्रभावितमध्ये अतिप्रभावित जिल्लाको रुपमा रहेको नुवाकोटको पुनःनिर्माण अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले प्रभावितलाई अस्थायी टहरा छाडेर सुरक्षित आवास निर्माण गर्न आग्रह गर्दै त्यसका लागि सरकारी पक्षबाट उपलब्ध गराउने सेवामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । 

यस्तै, पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भूकम्प प्रभावित भएर लाभग्राहीमा समावेश हुन छुटेकालाई यो मंसिर मसान्तसम्म स्थानीय तहमा निवेदन दिएमा पुनःजाँच गर्ने व्यवस्था मिलाएको बताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ, किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा, वल्ड रिन्युका कार्यक्रम प्रमुख मुक्ति सुवेदी, निजी आवास पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख विदुर खड्का, पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जिल्लाको पुनःनिर्माणमा उत्पन्न समस्या, पुनःनिर्माणलाई दिनुपर्ने तीव्रता, उत्पन्न अवरोध तथा आगामी दिनमा प्राधिकरणबाट गर्नुपर्ने सुधारको पक्षमा पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।