logo

दुधौली नगरपालिकाद्वारा ग्रामीण विद्युतीकरणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने

    1512   पटक पढिएको

८माघ/ अर्थ र व्यापार - सिन्धुलीको दुधौली नगरपालिकाले ग्रामीण विद्युतीकरणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । पछिल्लो समयमा स्थानीय सरकारहरु नै जलविद्युत् आयोजनामा लगानी गर्न आर्कषित भएका छन् । नगरपालिकाले स्थानीय अरुण ठाकुर खोलामा निर्माण हुने करिब ५ मेगावाट क्षमताको आयोजनामा लगानी गर्ने तयारी गरेको हो । आर्थिक वर्ष २०७६र६८ देखि जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने तयारी गरिएको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।

नगर प्रमुख राउतले हाल प्राविधिक तयारीको काम भइरहेको बताए । सबै काम सकाएर आगामी आवदेखि जलविद्युत् निर्माणमा लाग्ने नगरपालिकाको भनाइ छ । सो जलविद्युत् आयोजना स्थानीय शनिटार भन्न्े स्थानमा बाँध बाधिनेछ । यस्तै सो आयोजनाबाट ८ हजार घरमा विद्युत् सेवा उपलब्ध गराइनेछ । उत्पादित विद्युत् नगरपालिका भित्रै विस्तार गर्ने योजना बनाइएको छ ।

नगरपालिकामा कूल १४ वडा रहेकोमा हालसम्म १२, १३, १४ मा विद्युत् पुग्न सकेको छैन । यस्तै वडा नं १ र २ को पनि सबै वडामा विद्युतीकरण हुन सकेको छैन । आयोजनाको सम्भाव्यता अध्ययनको काम सकिएको छ । सबै प्रक्रिया मिलाएर नगरपालिकाले नै एक जलविद्युत् कम्पनी स्थापना गर्ने तयारी गरेको छ । सो नदीमा ५ मेगावाट क्षमताको आयोजना निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ ।

आयोजनामा स्थानीय नगरपालिकाबासीलाई समेत लगानीका लागि आग्रह गरिनेछ । सार्वजनिक निजी साझेदारी मोडलबाट जलविद्युत् आयोजना निर्माण गर्ने तयारीमा नगरपालिका लागेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।