logo

दुई महीनापछि आन्तरिक हवाई उडान शुरु

    1883   पटक पढिएको

१७ असार/अर्थ र व्यापार– कोभिड महामारी नियन्त्रणका लागि सरकारले विगत २ महिना देखि स्थगन गरेको आन्तरिक उडान बिहीवारदेखि शुरु भएको छ ।

सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवारदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्न हवाई कम्पनीहरुलाई अनुमति दिए पनि हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुने मन्त्रालयले बताएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ ओटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । जसअनुसार बुद्ध एयरले दैनिक ३१, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७ र सौर्य एयरलाइन्सले तीन ओटा उडान गर्न अनुमति पाएको छ । दुर्गम क्षेत्रमा उडाउने कम्पनीले काठमाडौंबाट दैनिक आठ ओटा उडानको अनुमति पाएका छन् । 

यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने बताएको छ भने कोरोनाका लक्षण देखिएका यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।