logo

डिशहोमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड”

    1402   पटक पढिएको


    ४ पुस / अर्थ र व्यापार - काठमाडौं–राजधानीको सोल्टी ब्राण्ड प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ । यसका साथै डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सी.इ.ओ अफ द इयर २०१७ को आवार्ड समेत प्राप्त गरे । 

 थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिशहोमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सी एस आर, थट लिडर्स, सी एम ओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टि.भि. को प्रविधि भित्राउने डिश होम,नेपालको टेलिकम क्षेत्रमो सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । 

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सी इ ओ अफ द इयर” प्राप्त भएको कुरा कम्पनीले जनाएको छ ।

उक्त २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कुरा कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले बताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।