logo

निगमको जहाज खरिदका लागि नागरिक लगानी कोषले १२ अर्ब ऋण दिने

    1873   पटक पढिएको

२९ जेठ/ अर्थ र व्यापार- नेपाल वायुसेवा निगमको जहाज खरिदका लागि नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे ।

निगम र कोषको सम्झौता अनुसार कोषले एउटा जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यवसायिक उडान नभए सम्मका लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्ष राखिएको छ । 

कोषले उपलब्ध गराएको रकम बाट निगमले एयर बस कम्पनीको वाइड बडी–ए ३३०–२०० सिरिजको जहाज खरिद गर्नेछ । लगानी कोष र निगम बीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो । 

लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी छ भन्दै आगामी दिनमा थप लगानीको अवसर खोजिने बताए । निगमले अमेरिकी कम्पनी एएआर सँग दुई वटा जहाज खरिद गर्दैछ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय ध्वजावाहकको उपस्थिति देखाउने र आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्यका साथ २४ अर्ब लगानी गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।