logo

निगमको जहाज खरिदका लागि नागरिक लगानी कोषले १२ अर्ब ऋण दिने

    2166   पटक पढिएको

२९ जेठ/ अर्थ र व्यापार- नेपाल वायुसेवा निगमको जहाज खरिदका लागि नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे ।

निगम र कोषको सम्झौता अनुसार कोषले एउटा जहाज खरिदका लागि १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यवसायिक उडान नभए सम्मका लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्ष राखिएको छ । 

कोषले उपलब्ध गराएको रकम बाट निगमले एयर बस कम्पनीको वाइड बडी–ए ३३०–२०० सिरिजको जहाज खरिद गर्नेछ । लगानी कोष र निगम बीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो । 

लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी छ भन्दै आगामी दिनमा थप लगानीको अवसर खोजिने बताए । निगमले अमेरिकी कम्पनी एएआर सँग दुई वटा जहाज खरिद गर्दैछ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय ध्वजावाहकको उपस्थिति देखाउने र आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्यका साथ २४ अर्ब लगानी गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।