logo

चिलिमे हाइड्रोपावरको उत्पादन लागतमा २९ प्रतिशतले वृद्धि

    1286   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - चिलिमे हाइड्रोपावरको उत्पादन लागत २९ प्रतिशतले वृद्धि हुँदा नाफा १७ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा ६५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले विद्युत विक्रीबाट ८० करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ८० करोड ४५ लाख रुपैयाँ आर्जन गरेको थियो । विद्युत बिक्री तर्फको आम्दानी २९ लाख ६२ हजारले बढेपनि उत्पादन लागत गत वर्षको भन्दा चार करोड ५२ लाख रुपैयाँले बढ्दा नाफा खुम्चिएको हो ।

कम्पनीको व्याज आम्दानी ८० रुपैयाँले सुधार हुँदा ८ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । चिलिमेले विभिन्न जलविद्युत आयोजनामा लगानी गर्दै आएको छ । यो अवधिमा कम्पनीले पाँच अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको हाल दीर्घकालिन ऋण १७ करोड ८७ लाख रुपैयाँ छ ।
चुक्ता पूँजी २० प्रतिशतले बढेर चार अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा चार अर्ब ५१ करोड रुपैयाँ जम्मा छ । चुक्ता पूँजी वृद्धिसँगै नाफामा गिरावट आउँदा प्रतिशेयर आम्दानी ६.९१ रुपैयाँले घटेर १५ रुपैयाँमा खुम्चिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।