logo

चिलिमे जलविद्युत कम्पनीले सञ्चित मुनाफाबाट लाभांस वितरण गर्नको लागि प्रस्ताव ग¥यो

    1309   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीले पूँजी बढाउनको लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट लाभांस वितरण गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो । कम्पनीले गत वर्षको भन्दा ५ प्रतिशत लाभांस बढाएको छ । कम्पनीले आफ्नो अन्य जलविद्युत आयोजनामा लगानी गरिरहेको हुँदा हरेक वर्ष पूँजी संकलनको लागि नगद भन्दा बोनस शेयरलाई प्राथमिकता दिदै आएको छ । कम्पनीले पछिल्लो समय माथिल्लो तामाकोशी, मध्ये भोटेकोशी, रसुवागढी, सान्जेन लगायतका जलविद्युत आयोजनामा लगानी गर्दै आएको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गरे सँगै चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । असार सम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ५ अर्ब २४ करोड रुपैयाँ रहेको छ । गतवर्ष कम्पनीले ९३ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो। प्रतिशेयर आम्दानी २३ रुपैयाँ थियो ।  कम्पनीले यस वर्ष जगेडा कोषबाट बोनस शेयर दिने निर्णय गरेको हो ।
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।