logo

चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1495   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - चिलिमे जलविद्युत कम्पनी (CHCL) को २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि पुस १९ गते देखि बुक क्लोज गर्ने भएकाले बुधबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

कम्पनीको शेयर पुस १७ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ६८५ रुपैयाँमा कारोबार भएको छ । चिलिमेले लाभांश पारित गर्न पुस २७ गते शुक्रबार आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे २२ औं साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते सबैको सञ्चालक समितिको ३५१ औं बैठकले सो मितिमा सभा बोलाएको हो ।

साधारण सभामा यस अघि प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत अर्थात ७९ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात १९ करोड ८२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने तयारी गरेको छ । यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमा छलफल तथा अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभाले लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने तयारी पनि गरेको छ । ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ । गत वर्षको २० प्रतिशत  बोनसपछि चिलिमेको ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।