logo

चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1238   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - चिलिमे जलविद्युत कम्पनी (CHCL) को २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि पुस १९ गते देखि बुक क्लोज गर्ने भएकाले बुधबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

कम्पनीको शेयर पुस १७ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ६८५ रुपैयाँमा कारोबार भएको छ । चिलिमेले लाभांश पारित गर्न पुस २७ गते शुक्रबार आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे २२ औं साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते सबैको सञ्चालक समितिको ३५१ औं बैठकले सो मितिमा सभा बोलाएको हो ।

साधारण सभामा यस अघि प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत अर्थात ७९ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात १९ करोड ८२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने तयारी गरेको छ । यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमा छलफल तथा अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभाले लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने तयारी पनि गरेको छ । ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ । गत वर्षको २० प्रतिशत  बोनसपछि चिलिमेको ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।