logo

विद्युत प्राधिकरणले सुरु गर्यो विद्युतीय गाडीको लागि विद्युतीय पेट्रोलपम्प 

    1428   पटक पढिएको


 
५ पुष / अर्थ र व्यापार - काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय पेट्रोलपम्प (चार्जिङ स्टेसन) सुरु गरेको छ । प्राधिकरण मुख्यालय रत्नपार्कमा चिनियाँ कम्पनी बिवाईडी अटोसँग सहकार्य गरेर विद्युतीय पम्प सुरु गरिएको छ ।

नेपालमा वर्षेनी आयात हुने ७०० अर्ब रुपैयाँको पेट्रोल प्रतिस्थापन गर्न विद्युतीय पम्प सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा विभागका निर्देशक सुनिल कुमार ढुङ्गेलले बताए । नेपालमा वर्षेनी ठूलो धनराशीको पेट्रोलियम पदार्थ आयात हुने गरेको र पेट्रोल गाडीबाट वातावरण नराम्ररी प्रदुषित भैरहेकोले विद्युतीय गाडीको प्रयोगमा वृद्धि ल्याउन पनि प्राधिकरणले विद्युत पम्प सुरु गरेको ढुङ्गेलले बताए ।

रत्नपार्कबाट चार्जिङ स्टेशनको सुरुवात गरेको प्राधिकरणले आवश्यकताअनुसार देशैभर चार्जिङ स्टेसन राख्ने योजना बनाएको छ । विद्युत खपत बढाउनु र प्रदुषण घटाउनुनै प्राधिकरणको लक्ष्य भएको ढुङ्गेलले बताए ।

विश्वमा विद्युतीय गाडीको प्रयोग दिनदिनै बढिरहेको बेला नेपालमा पनि धेरै भन्दा धेरै विद्युतीय गाडीको प्रयोग बढाउन विद्युतीय चार्जिङ स्टेशन राख्न सुरु गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।