logo

चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न

    1677   पटक पढिएको

१६ फागुन /अर्थ र व्यापार - ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र माथिल्लो चमेलिया जलविद्युत आयोजनाको प्रवर्द्धक अपि पावर कम्पनीबीच फागुन १५ गते पीपीएमा हस्ताक्षर भएको हो । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना सञ्चालनमा आएको ठिक एक वर्षपछि ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको पीपीए भएको हो ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपि पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले हस्ताक्षर गरे । सुदूरपश्चिम प्रदेशको दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका यो अपर चमेलिया जलविद्युत आयोजना तेस्रो आयोजना हो। यस अघि कम्पनीले ८.५ मेगावाटको नौगाड गाढ जलविद्युत आयोजना ३ वर्षअघि निर्माण गरिसकेको र ८ मेगावाटको अपर नौगाड गाढ जलविद्युत आयोजनाबाट आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु गर्न लागेको छ ।

अपर चमेलिया जलविद्युत आयोजनाबाट बार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । २०७६ को सुरुवातबाट निर्माण सुरु हुने आयोजना ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको विद्युत गृहभन्दा १५ किलोमिटर मात्रै माथि छ । यस आयोजनाको लागत प्रति मेगावाट १८ करोड रुपैयाँको दरले कुललागत सात अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।