logo

बुटवल पावर कम्पनीको लाभांश आजदेखि वितरण सुरु

    1404   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार  - बुटवल पावर कम्पनीको गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको १८ प्रतिशत नगद लाभांश फागुन २२ गते बुधबारदेखि वितरण थालेको छ । कम्पनीले शेयर दाखिल खारेज गरेको दिन पुस ६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गर्न लागेको जनाएको हो । यस्तै सो मितिभन्दा पछाडि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई पनि क्रमश लाभांश वितरण गर्दै जाने कम्पनीले स्पष्ट पारेको छ । 

यस्तै साधारण सभाबाट पारित भएको दश प्रतिशत बोनस शेयर भने नेप्सेमा कारोबारका लागि सूचीकरण भएपश्चात शेयरधनीकै हितग्राही (डिम्याट) खातामा वितरण गर्ने जनाएको छ । साथै कम्पनीले हालसम्म पनि कागजी शेयर प्रमाणपत्र धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र हितग्राही खातामा बैंक खाता अद्यवाधिक गराउन बाँकी शेयरधनीलाई बैंक खाता अद्यवाधिक गर्न सूचित गरेको छ । गत पुस २७ गते सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४।७५को मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

यसैगरि बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०६९र७० वा सो भन्दा अघिल्ला वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी शेयरधनीलाई चैत २२ गतेसम्म लाभांश बुझ्न भनेको छ । शेयरधनीले उक्त्त लाभांश हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल नागपोखरी नक्सालमा सम्पर्क गरि लिन सक्नेछन् । सो मितिसम्म संकलन नगरे कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ९ मा भएको व्यवस्था बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने र तत्पश्चात कम्पनीसँग लाभांश रकम नरहने जनाएको छ । कम्पनी ऐनको दफा १८३ मा कुनैपनि कम्पनीको साधारण सभाले पारित गरेको लाभांश पाँच वर्षसम्म लगानीकर्ताले संकलन गरि नबुझेमा सो लाभांश कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।