logo

हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर बुटवल पावर कम्पनीद्वारा खरिद

    2072   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - बुटवल पावर कम्पनी (BPCL) ले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर खरीद गरेको छ । बुटबल पावरले ६०० मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत आयोजना विकास गर्ने आयोजना कम्पनी हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत शेयर खरीद गरेको हो ।

अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनामा हिमताल हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको ६ लाख एक हजार ३०० कित्ता शेयर पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा शेयर स्वामित्व कायम भएको कम्पनीले जनाएको छ । यससँगै अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनामा बुटबल पावरको १९.४ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । 

बुटबल पावर कम्पनीले तीन साझेदार चिनीयाँ कम्पनीहरु मिलेर ६०० मेगावाटको अपर मस्र्याङ्दी २ र २८२ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत्त आयोजनाको सम्पूर्ण शेयर किनेका थिए । उक्त शेयरहरु अपर मस्र्याङ्दीको आयोजना कम्पनी हिमताल हाइड्रोपावर र मनाङ मस्र्याङ्दी जलविद्युत्त आयोजनाको मनाङ मस्र्याङ्दी हाइड्रोपावरले बचेका हुन् । हिमताल हाइड्रोपावरको शेयर खरिदबिक्री सम्बन्धि सम्झौतापत्रमा नेपालको बुटवल पावर कम्पनी, एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी, र तीन साझेदार चिनीयाँ कम्पनीहरु (एससीआईजी इन्टरनेसन लिमिटेड, जिङ्चेण्ड इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनल कम्पनी लिमिटेड) र चिनीयाँ आयोजना कम्पनीबीच बैशाख २१ गते हस्ताक्षर भएको थियो ।

त्यसैगरि मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीका सम्पूर्ण शेयर खरिद गर्ने सम्बन्धमा विदेशी शेयरधनी राजरत्न इनर्जी होल्डिङसँग गत चैत १२ गते तथा स्थानीय शेयरधनी मर्स्याङ्दी पावर कम्पनीसँग चैत १५ गते सेयर खरिद गर्ने सम्झौता सम्पन्न गरेको विपिसीले जनाएको छ ।

भारतको जीएमआर र राजरत्न इनर्जी होल्डिङसले लगानी जुटाउन नसकेपछि बुटवल पावर कम्पनी र उसको साझेदार कम्पनी एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका थिए । २०७४ मंसिरमा आगामी पाँच वर्षमा थप एक हजार मेगावाट विद्युत उत्पादन गर्न बताएको बुटवल पावरले तीन चिनियाँ कम्पनीले संयुक्त रुपमा एससीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता अनुसार उक्त शेयर खरिद गर्ने सम्झौता गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।