logo

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा

    1534   पटक पढिएको

१० माघ/ अर्थ र व्यापार - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अन्यौलमा फसकेको छ । सरकारले उचित निर्णय गर्न नसक्दा आयोजना अन्योलमा फसेको हो । सरकारले चिनियाँ कम्पनी गेजुवासँग २ पटक निर्माण प्रक्रियाका बारेमा छलफल गरेपनि कुनै निकास निक्सिएको छैन ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी आयोजनालाई प्रक्रिया अगाडि बढाएपनि वर्तमान सरकार गठन हुने वित्तिकै मन्त्रिपरिषदले निर्णय गरी आवश्यक प्रक्रिया मिलाउन, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई जिम्मा दिएको थियो ।

गत दशै अगावै र पछि एक पटक चिनियाँ कम्पनीसँग सम्वाद भएपनि त्यसपछि कुनै सम्वाद हुन सकेको छैन । आयोजनाको बारेमा अन्यौलता बढीरहेको बेला गोरखाको आरुघाट बजार र धादिङको खहरे बजार आसपासको क्षेत्रमा हालसम्म मुआब्जा समेत निर्धारण हुन सकेको छैन । जसका कारण आयोजान प्रभावित क्षेत्रमा समेत थप अन्यौलताको अवस्था सिर्जना भएको छ ।
आयोजनाको विषयमा प्रक्रिया अगाडि बढेपछि मुआब्जा वितरणको काम समेत अगाडि बढ्न सकेको छैन । चालु आवका लागि सरकारले मुआब्जाका लागि मात्रै १८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । तर हालसम्म मात्रै ४ अर्ब रुपैयाँ मात्रै वितरण हुन सकेको छ । मुआब्जा निर्धारण भएका क्षेत्रमा समेत प्रभवकारी रुपमा मुआब्जा वितरण हुन नसक्दा स्थानीयअ ायोजना प्रभावित समस्यामा फस्दै गएका छन् ।

केही समय पहिले आरुघाट बजार पुगेका नेकपाका अध्यक्ष प्रचण्डले छिट्टै बुढीगण्डकीको प्रक्रिया अगाडि बढ्ने र मुआब्जाा निर्धारण हुन नसकेका क्षेत्रको समेत मुआब्जा निर्धारण हुने बताएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाका बारेमा हालसम्म ठोस प्रगति भएको वा नभएको बारेमा केही बताएको छैन । मन्त्रालयका उच्च अधिकारीले छलफल जारी रहेको र केही समयभित्रै उचित निकास निस्कने बताए ।

कूल २ खर्ब ७० अर्ब लागतको भनिएको सो आयोजना जति समय लम्बिदै जान्छ, उत्ति नै समय लागत समेत बढ्दै जाने देखिएको छ । कूल १२०० मेगावाट क्षमताको सो आयोजनालाई बहुउपयोगी कसरी बनाउने भन्ने बारेमा समेत हालसम्म कुने छलफल हुन सकेको छैन । जस कारण पनि राष्ट्रिय रुपमा नै आयोजनाको बारेमा अन्यौलता बढेर गएको हो । गोरखा भूकम्प पीडितले घर तथा आवास समेत निर्माण गर्न पाएका छैनन् । आयोजनाका लागि भन्दै नेपाल आयल निगमले हालसम्म २७ अर्ब रुपैया उठाइसकेको छ । पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर तोकिएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा उक्त कर लिने निर्णय गरिएको हो ।

आयोजनाको क्षेत्रमा चरम रुपमा बालुवा, ढुंगा तथा गिट्टी तस्करी भइरहेको प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिको अध्ययनबाट फेला परेको छ । समितिले केही दिन पहिले आयोजना क्षेत्रको स्थलगत निरिक्षण समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।