logo

बुद्धभुमी नेपाल हाइड्रोपावरद्वारा १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन

    1527   पटक पढिएको

३ असार / अर्थ र व्यापार - बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ । कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ चार प्राप्त गर्ने कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गर्न पाउँछन् ।

कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५ मेगावाट क्षमताको लोअर टाँडी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिहेको छ । आयोजनाको निर्माण कार्य अहिलेसम्म ६० प्रतिशत सकिएको छ ।
प्रोजेक्टको निर्माण यहि महिना सक्ने लक्ष्य लिएको भए पनि भर्खरै ६० प्रतिशत मात्रै काम सकिएको हुँदा निर्माण सकिन अझै केही समय लाग्ने देखिएको छ । नुवाकोट जिल्लामा निर्माण भइरहेको उक्त आयोजनाको जम्मा लागत ९८ करोड ३० लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत १९ करोड ७० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

आयोजनाको लागत ६५ प्रतिशत कर्जाबाट र ३५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ । बुद्धभुमिको चुक्ता पूँजी २७ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीमा ७९ जना संस्थापक छन् । प्रमुख शेयरधनीहरुमा प्रमोद खड्काको १९ प्रतिशत, पूर्णलाल श्रेष्ठको ११ प्रतिशत, अनिलकुमार थापाको ७ प्रतिशत हिस्सा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।