logo

वित्त आयोग सचिवालयमा अर्याल

    2529   पटक पढिएको


१४ पुष / अर्थ र व्यापार - सरकारले अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई प्राकृतिक स्रोत तथा वित्त आयोग सचिवालयमा सचिवको जिम्मेवारी दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई निजामति सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दैै कायममुकायम सचिवका रूपमा अर्याललाई वित्त आयोगको जिम्मेवारी दिएको हो । अघिल्लो संसदमा दलहरुबीच आयोग गठनमा सहमति हुन नसक्दा आयोगका पदाधिकारी नियुक्त हुन सकेका छैनन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको सरकारको यो निर्णयसँगै वित्त अयोग गठनको प्रक्रिया सुरु भएको छ । 
आयोग गठन नहुँदा तीनै तहका सरकारको वित्तीय अधिकारको बाँडफाँडलगायतका बन्दोबस्तीका कार्यमा ढिलाइ हुँदै आएको थियो । कामु सचिवमा बढुवा भएलगत्तै अर्यालले छिट्टै नै कर्मचारी व्यवस्थापन गरेर काम अघि बढाउने बताए । “आयोग बन्न समय लाग्ने भएपछि कर्मचारी नियुक्ति र सचिवालय स्थापना गर्ने काम तुरुन्तै अघि बढ्नेछ,” उनले भने । आयोग सचिवालय गठनसम्बन्धी अर्थ मन्त्रालयले गरेको प्रस्तावअनुसार यसअघि नै सरकारको विशिष्ट श्रेणीका सचिवको नेतृत्वमा हुनेगरी आयोगका कर्मचारी दरबन्दी स्वीकृत भइसकेको छ । सोहीबमोजिम आयोग गठनपछि उसले संघ सरकारले तल्ला सरकारलाई हस्तान्तरण गर्ने स्रोत बाँडफाँडको आधार तयार गर्ने उल्लेख छ । कामु सचिव अर्यालले मन्त्रिपरिषद्बाट सचिवालय गठनसम्बन्धी प्रस्ताव पारित भएलगत्तै अव सचिवालय कहाँ राख्ने भन्ने पनि लगभग टुंगो लागिसकेको बताए । “कहाँ राख्ने भन्ने बिषयमा केही ठाउँको पहिचान भइसकेको छ त्यसको पनि एक साताभित्रै टुंगो लाग्नेछ,” उनले भने ।
नेपालको संविधान २०७२ को धारा ६० को उपधारा (३) मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम हुने व्यवस्था गरिएको छ । जस अनुसार पनि प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी तथा भ्याट, अन्तःशुल्कबाट उठ्ने राजस्वलगायतको बाँडफाँडको आधार तयार गर्ने जिम्मेवारी आयोगलाई छ । संघीय संरचनामा खर्चको बाँडफाँटसम्बन्धी वित्त आयोगको ठूलो भूमिका हुँदाहुँदै पनि सरकारले आयोग गठनमा भएको ढिलाइले स्थानीय तहको खर्च ब्यवस्थापन हुन सकेको छैन । 
धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष सहित बढीमा पाँच सदस्यीय हुने व्यवस्था छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । तर, आयोग गठन र कार्यसञ्चालनका लागि आवश्यक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन विघटित संसद्ले ढिलो गरी पारित गरेपछि आयोग गठनमा ढिलाई हुँदै आएको थियो । गत असोजमा बसेको संसदको बैठकले अन्तर–सरकारी वित्त व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ र राष्ट्रिय प्रकृतिक स्रोत तथा बित्त आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७४ संसदबाट पास गरेपछि संघियता कार्यान्वयनको बाटो खुलेको थियो । यी दुबै बिधेयक कार्यान्वयन भएसँगै बित्त आयोग गठनको बाटो खुलेपनि निर्बाचनका कारण प्रमुखको नियूक्ति सचिवालय गठनमा ढिलाई हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।