logo

एशियन लाइफ इन्स्योरेन्सको शेयरधनी दर्ता किताब भोलि बन्द गरिने

    1194   पटक पढिएको

२१ फागुन /अर्थ र व्यापार - एशियन लाइफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन प्रयोजनको लागि भोलि फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जनाएको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात मंगलबारसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

कम्पनीको शेयर फागुन १९ गते आइतबार नेप्सेमा प्रतिकित्ता ५४५ रुपैयाँमा कारोबार भएको छ । एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।