logo

अरुण भ्याली हाइड्रोपावरद्वारा ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन

    1244   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - अरुण भ्याली हाइड्रोपावरले ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको तुलनामा ७४.५१ प्रतिशतले बढि हो । गत वर्ष हाइड्रोपावरले २ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत विक्री र अन्य स्रोत मार्फतको आम्दानी बढेसँगै हाइड्रोपावरको नाफा बढेको हो । योसँगै हाइड्रोपावरले प्रशासनिक खर्च र आयोजना खर्च पनि सीमित बनाएको छ । यस अवधिमा हाइड्रोपावरको प्रतिशेयर आम्दानीमा भने २ रुपैयाँ ५५ पैसाको बढेको छ । गत वर्ष ३ रुपैयाँ ४२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत् ४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८.२३ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोपावरले विद्युत विक्री मार्फत् ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी हाइड्रोपावरले अन्य स्रोत मार्फतको आम्दानी १५२.०४ प्रतिशतले बढाएको छ । गत वर्षको यसै अवधिमा अन्य स्रोत मार्फत् एक करोड २० लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावरले प्रशासनिक खर्च ६१.०९ ले घटाएर २६ लाख ८१ हजारमा झारेको छ भने आयोजना खर्च ४४.११ प्रतिशतले घटाएर ३६ लाख ६३ हजार रुपैयामा सीमित बनाएको छ । ९३ करोड ३० लाख रुपैयाँ बराबरको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोपावरले जगेडा कोषमा १३५.९७ प्रतिशतले सुधार गर्दै ६ करोड ६३ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्ष हाइड्रोपावरको जगेडा कोषमा २ करोड ८० लाख रुपैयाँ सञ्चित थियो ।हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १७.१० गुणा बढी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।