logo

अरुण भ्याली हाइड्रोपावरद्वारा ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन

    1659   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - अरुण भ्याली हाइड्रोपावरले ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको तुलनामा ७४.५१ प्रतिशतले बढि हो । गत वर्ष हाइड्रोपावरले २ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत विक्री र अन्य स्रोत मार्फतको आम्दानी बढेसँगै हाइड्रोपावरको नाफा बढेको हो । योसँगै हाइड्रोपावरले प्रशासनिक खर्च र आयोजना खर्च पनि सीमित बनाएको छ । यस अवधिमा हाइड्रोपावरको प्रतिशेयर आम्दानीमा भने २ रुपैयाँ ५५ पैसाको बढेको छ । गत वर्ष ३ रुपैयाँ ४२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत् ४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८.२३ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोपावरले विद्युत विक्री मार्फत् ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी हाइड्रोपावरले अन्य स्रोत मार्फतको आम्दानी १५२.०४ प्रतिशतले बढाएको छ । गत वर्षको यसै अवधिमा अन्य स्रोत मार्फत् एक करोड २० लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावरले प्रशासनिक खर्च ६१.०९ ले घटाएर २६ लाख ८१ हजारमा झारेको छ भने आयोजना खर्च ४४.११ प्रतिशतले घटाएर ३६ लाख ६३ हजार रुपैयामा सीमित बनाएको छ । ९३ करोड ३० लाख रुपैयाँ बराबरको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोपावरले जगेडा कोषमा १३५.९७ प्रतिशतले सुधार गर्दै ६ करोड ६३ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्ष हाइड्रोपावरको जगेडा कोषमा २ करोड ८० लाख रुपैयाँ सञ्चित थियो ।हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १७.१० गुणा बढी छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।