logo

विद्युत बिक्रीको आम्दानी नहुँदा नै अरुण काबेली पावर कम्पनी नाफामा

    1733   पटक पढिएको

२८ माघ/ अर्थ र व्यापार  - अरुण काबेली पावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ लाख २६ हजार रूपैयाँ नाफा पुगेको छ । कम्पनीको मुख्य आयस्रोत विद्युत बिक्रीको आम्दानी नहुँदा नै कम्पनी नाफामा पुगेको हो । कम्पनीले अन्य स्रोत मार्फत भएको १७ लाख ३५ हजार रूपैयाँ आम्दानीले कार्यालय सञ्चालन खर्च र ह्रासकट्टी (डिप्रिसिएसन) खर्च घटाएर पनि कम्पनीले नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ लाख ६० हजार खुद नोक्सानी बेहोरेको थियो । 

एक अर्ब ५० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषको आकार एक करोड ४९ लाख रुपैयाँले ऋणात्मकमा झरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोष एक करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । गत वर्ष २७ लाख सञ्चालन नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ लाख ८ हजार सञ्चालन नाफामा रहेको छ । समीक्षा अवधिमा ८ पैसा प्रतिशेयर आम्दानी गरेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १ पैसा छ ।

यस परियोजनाको कार्य अन्तिम चरणमा पुगेको र फागुन महिनाभित्रै आयोजनाको निर्माण सम्पन्न भई चालु हुने बताइएको छ । कम्पनीले काबेली १ बाट उत्पादन हुने २५ मेगावाट विद्युत थालेपछि मात्र कम्पनीको सूचाङ्कहरु थप सुधार हुँदै जानेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।