logo

एयर अरेबियाद्धारा आबुधाबी–काठमाडौं नियमित उडान सुरु 

    1455   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– एयर अरेबियाले शनिबारदेखि युएईको आबुधाबी–काठमाडौंको नियमित सिधा उडान सुरु गरेको छ । 

यसअघि सारजाह–काठमाडौं नियमित उडान गर्दे आएको एयर अरेबियाले क्षमता विस्तार गर्दे आबुधाबी–काठमाडौं नियमित उडान सुरु गरेको जनाएको छ ।

आबुधाबी–काठमाडौंको लागी साताको चारवटा उडान अनुमति पाएको कम्पनीले छिट्टै साताको सातवटा उडान गर्ने योजनामा रहेको जनाएको छ । एयर अरेबियाले सारजाह–काठमाडौं भने साताको सातवटा उडान गर्दै आएको छ ।   

शनिबारदेखि सिधा उडान सुरु गरेको कम्पनीले इतिहादसँग कोड सेयरिङमार्फत उडान संचालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति लिने प्रकृया थाल्ने पनि एयर अरेबियाले जनाएको छ ।

इतिहादसँग कोड सेयरिङ अनुमति पाएपछि इतिहादकै फ्लाइट प्लान अनुसारको टिकट खरीद गरी यात्रुहरुले विभिन्न गन्तब्यको यात्रा गर्न सक्नेछन् ।

नेपाल आउन चाहने यात्रुले इतिहादको जहाजमार्फत आबुधाबीसम्म आएर आबुधाबीबाट काठमाडौं एयर अरेबियाको जहाजमार्फत आउन सक्ने बताइएको छ ।

यसैगरी आबुधाबी हुँदै अर्को मुलुक जानका लागि काठमाडौं–आबुधाबी एयर अरेबिया र आबुधाबी देखि अमेरिका लगायतका अन्य मुलुक इतिहादको जहाजमार्फत जान सक्ने बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।