logo

आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार खुला, ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

    1957   पटक पढिएको

५ पुस/ अर्थ र व्यापार - आँखुखोला जलविद्युत कम्पनी (AKJCL)को नेपाल स्टक एक्सचेञ्जमा पुस ५ गते बिहीबारदेखि शेयर कारोबार खुला भएको छ । हाइड्रोपावर कम्पनीले आफ्नो चुक्ता पूँजी ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

नेप्सेले कम्पनीको शेयर करोबारका लागि ‘एकेजेसीएल’ संकेत प्रदान गरेको छ । आज देखि यस कम्पनीको शेयर कारोबार यसै संकेतमा कारोबार हुनेछ । नेप्सेले आँखुखोलाको शेयर प्रतिकित्ता ६८ रुपैयाँ ९० पैसादेखि २०६ रुपैयाँ ७० पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ । यहि रेञ्जबाट कम्पनीको पहिलो शेयर कारोबारको थालनी हुनेछ ।

गत असोज २३ देखि २६ गतेसम्म १३ लाख ७६ हजार २० कित्ता आईपिओ निष्काशन गरेर कार्तिक ११ गते बाँडफाँड गरेको थियो । कम्पनीको साधारण शेयर बाँडफाँड भएको दुई महिनापछि सूचीकरण पश्चात कारोबार खुलेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।