logo

३४० मेगावाट क्षमताका ९ आयोजना असारसम्ममा अध्ययन सम्पन्न गरिने

    1928   पटक पढिएको

५ चैत्र/ अर्थ र व्यापार - चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले कूल ३४० मेगावाट क्षमताका नौं वटा आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार अध्ययन सम्पन्न गरी ती आयोजनालाई निर्माणमा लैजाने तयारी गरिएको छ । मन्त्रालयका अनुसार चालू आवको अन्त्यसम्म अध्ययन सम्पन्न हुने आयोजनामा १०२ मेगावाट क्षमताको दूधकोशी पाँचौ, ५० मेगावाटको बेनी कालीगण्डकी, ४७ मेगावाटको दूधकोशी चार रहेका छन् ।

यस्तै ४१ मेगावाटको सङ्खुवा खोला, करीब ४० मेगावाटको सङ्खुवा खोला एक, ३२ मेगावाटको म्याग्दी खोला, १९ मेगावाटको तल्लो चमेलिया, पाँच मेगावाटको भेरी खोला र ४ दशमलव ४ मेगावाट क्षमताको ४ मेगावाट क्षमताको लुन्ग्री खोला छन् । आर्थिक वर्ष २०६७र७७ भित्र कूल १४ आयोजनाको अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री पुनले जानकारी दिए । ती आयोजनाको क्षमता तीन हजार ६०९ मेगावाट रहेको छ । आगामी आवमा अध्ययन सम्पन्न हुने आयोजनामा अरुण चौथो ३७२ मेगावाट रहेको छ ।

यस्तै ९० मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजना, ४९ मेगावाट क्षमताको लोती कर्णाली, ५६ मेगावाटको तल्लो अप्सुवा, ६७९ मेगावाट क्षमताको तल्लो अरुण, ३७७ मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय आयोजना पनि अध्ययन सम्पन्न हुनेछ । यस्तै करीब सात मेगावाट क्षमताको पिखुवा खोला, नौ मेगावाटको रुपागाड, चार मेगावाटको न्याउरीगाड, करीब १८ मेगावाट क्षमताको जावा खोला, २० मेगावाटको कवाडी खोला, २७६ मेगावाट क्षमताको सेती खोला छैटौँ, एक हजार ११६ मेगावाटको सुनकोशी दोस्रो र ५३६ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजनाको समेत अध्ययन सम्पन्न गरी निर्माणमा लैजाने गरी काम भइरहेको मन्त्री पुनको भनाइ छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।