logo

आज तीन कम्पनीको साधारणसभा सम्पन्न हुदैं

    1321   पटक पढिएको

१५ चैत्र /अर्थ र व्यापार - नागबेली लघुवित्त, कृषि विकास बैंक र नेशनल लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश लगाएत विविध प्रस्ताव पारितका लागि साधरणसभा गर्न लागेका छन् । नागबेलीले गत वर्षको संञ्चित मुनाफाबाट ९ दशमलव ३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव ४९ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्दैछ ।

साथै, ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावलाई समेत नागबेलीले अघि सारेको छ । सभाले संस्थापकतर्फबाट ४ र सर्वसाधारण तर्फबाट २ जना सञ्चालनको निर्वाचन समेत गर्नेछ । सभा विहान ११ बजे झापामा सुरु हुनेछ । सभाका लागि बुक क्लोज फागुन २९गतेदेखि चैत १५ गतेसम्म बन्द रहेको छ । उक्त लाभांश फागुन २८ गतेसम्म कायम शेयरधनीले मात्र पाउँनेछन् ।

त्यस्तै , कृषि विकास बैंकले पनि सर्वसाधारण शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सभामा पेश गर्नेछ । साथै अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत गरेको छ । सभा विहान ११ बजे बैंकको केन्द्रिय तालिम प्रतिष्ठान भक्तपुरमा हुनेछ । जसको बुक क्लोज फागुन १६ गतेदेखि चैत १५ गतेसम्म बन्द रहेको छ । उक्त लाभांश फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउँनेछन् । जीवन बीमा कम्पनीहरुको बीमांकिय मूल्याङ्कन भारतबाट गराई बीमांकिय मूल्याङ्कन बीमा समितिले स्वीकृत गरे पश्चात मात्र सभा आयोजना गर्नुपर्ने कारण नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा शुक्रबार बोलाएको छ । कम्पनीले शेयरधनीहरुका लागि १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. १ करोड ८८ लाख २७ हजार १० नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । सभा विहान १०ः३० बजे कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाटमा सुरु हुनेछ । सभाका लागि बुक क्लोज चैत १ गतेदेखि १५ गतेसम्म बन्द रहेको छ । उक्त लाभांश फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र पाउँनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।