logo

२७ बैंकले एनआईसी एसियासँगको कारोबार रोके

    1880   पटक पढिएको


२५ फागुन/ अर्थ र व्यापार - काठमाडौं । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो ‘एक्सन’ लिएको हो । शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ । तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो । त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गनै बैठक बोलाएको थियो ।

एनआईसीको सञ्चालक समितिले ब्याजदर बढाउने निर्णय गरे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल विदामा बसेका छन् । उनले बैंकर्स संघमा गरेको प्रतिवद्धता विपरीत बोर्डको निर्णय आएपछि नैतिकताको कारण देखाउँदै राजीनामा दिएको दावी बैंकर्स संघको दावी छ ।

‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुंगानाले भने,’बैंकमा सीईओले पनि राजीनामा दिएपछि बैंकिङ प्रणालीमा जोखिम देखेपछि एनआईसीसँगको कारोबार बन्द गरेका हौं ।’

एनआईसी एसिया बैंकका असिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत सुधीर पाण्डेले आफूहरुले बीचमा ब्याजदर नघटाएको दावी गरे । उनले सीईओले राजीनामा पनि नदिएको दावी गरे । बैंकर्स संघले ब्याजदरबारे नियमन गर्न नमिल्ने भन्दै उनले राष्ट्र बैंकको नियमभित्रै रहे ब्याजदर वृद्धिको निर्णय भएको उनले बताए ।

उनले तरलता अभाव कम गर्न १० प्रतिशत ब्याजदर दिनुपरेको स्पष्ट गर्दै पाण्डेले जनताले पाउने ब्यादर मुद्दती खातामा १ प्रतिशत बढाइएको बताए । यस विषयमा थप छलफल गर्न बैंकर्स संघले आइतबार पनि बैठक डाँकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।