logo

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल कार्ड’ र ‘ई–कर्जा’ सेवा

    550   पटक पढिएको


२७ चैत/अर्थ र व्यापार– सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले ‘ई–कर्जा’ र आफ्ना बीमित तथा अभिकर्ताका लागि विशेष सुविधा दिन ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ई कर्जा सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र ई–कर्जाका फाइदा, यसका मापदण्ड र सेवा लिने विधिबारे विस्तृत जानकारी दिए ।
कम्पनीले सधैं नवीनतम प्रविधिमा जोड दिँदै सेवामा परिमार्जन र परिष्कृत गर्दै लैजाने उनको भनाइ छ । यसैगरी, उनले दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताए ।
सूर्यज्योतिले बीमितलाई अझ सरल तथा सहज ढंगले सेवा दिने उदेस्यले बीमालेख बापत प्राप्त हुने कर्जासम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइन मार्फत लोन लिन सकिने जनाएको छ ।
कम्पनीका अनुसार यस योजनामा बीमालेख जारी मिति ३ वर्ष पुरा भएपछि र ३ वर्षको बीमा शुल्क प्राप्त भएपछि कर्जा रकम दिइने छ । नगद मूल्य रकमको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सकिने, अनलाइन मार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज एवं सरल किसिमले कर्जाका लागि आवेदन दिन सकिने सो कम्पनीले जनाएको छ । एक क्लिकमा रियल टाइममा खल्ती वालेट मार्फत कर्जा रकम प्राप्त गर्न सकिने र हाललाई कर्जा रकम अधिकतम ५० हजारमात्र प्राप्त गर्न सकिने सो कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना बीमित तथा अभिकर्तालाई सुविधा दिने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड पनि सुरुवात गरेको जनाएको छ । तोकिएका मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्तालाई सूर्यज्योति मोबाइल एपमार्फत डिजिटल कार्ड प्रदान गरिने, कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाबाट विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने र अस्पताल, स्वास्थ्य परीक्षण प्रयोगशा, होटल, शैक्षिक संस्था, डिपार्टमेन्ट स्टोर लगायत सेवा प्रदायकसँग सम्झौता गरिएको सो कम्पनीले जनाएको छ ।
सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले बीमा प्राधिकरणले गरेको प्रतिबद्धताले अझ जिम्मेवार र उत्साहित भएको बताए । उनले जीवन बीमा क्षेत्रमा नयाँ–नयाँ प्रविधिमैत्री सेवा ल्याउँदै जाने, परिमार्जित र परिष्कृत ढंगले अघि बढ्दै जाने बताए ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले उच्च प्रविधियुक्त प्रडक्ट निर्माण गर्ने सूर्यज्योतिको पहललाई प्रशंसनीय र कदरयोग्य बनाईएको बताए । उनले नवप्रवद्र्धन र नवीनतम चिज आविष्कारको विस्तार विकासमा बीमा प्राधिकरण सधैं साथमा उभिएको र अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता जनाए । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योतिको डिजिटल सर्भिस अत्यन्तै प्रशंसनीय र आमबीमितका लागि महत्वपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।