logo

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम

    757   पटक पढिएको


१२ कात्तिक/अर्थ र व्यापार– माछापुच्छ्रे क्यापिटल लिमिटेडले अहिलेका युवा विद्यार्थीमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउने उदेस्यले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम आयोजना गरेको जनाएको छ ।
लगानीकर्तालाई शिक्षा तथा सचेतना प्रदान गर्ने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ‘विश्व लगानीकर्ता सप्ताह’ नेपालमा नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा विविध जनचेतनामुलक कार्यक्रमका साथ जारी रहेको छ ।
विश्वभरका पुँजी बजारका नियामक निकायहरुको अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा सन् २०१७ देखि हरेक वर्ष यस्तो कार्यक्रमकासाथ मनाउने गरिन्छ । माछापुच्छ«े क्यापिटल लिमिटेडले सोही अवसरमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउने उदेस्यले सो कार्यक्रम गरिएको बताएको छ ।

रामग्राम ५– परासी, नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयमा कक्षा १० र ११ मा अध्यनरत विद्यार्थीका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावक समिति लगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको सो क्यापिटलले जनाएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्तगरि सेवा प्रदान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।