logo

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम

    477   पटक पढिएको


१२ कात्तिक/अर्थ र व्यापार– माछापुच्छ्रे क्यापिटल लिमिटेडले अहिलेका युवा विद्यार्थीमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउने उदेस्यले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम आयोजना गरेको जनाएको छ ।
लगानीकर्तालाई शिक्षा तथा सचेतना प्रदान गर्ने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ‘विश्व लगानीकर्ता सप्ताह’ नेपालमा नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा विविध जनचेतनामुलक कार्यक्रमका साथ जारी रहेको छ ।
विश्वभरका पुँजी बजारका नियामक निकायहरुको अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा सन् २०१७ देखि हरेक वर्ष यस्तो कार्यक्रमकासाथ मनाउने गरिन्छ । माछापुच्छ«े क्यापिटल लिमिटेडले सोही अवसरमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउने उदेस्यले सो कार्यक्रम गरिएको बताएको छ ।

रामग्राम ५– परासी, नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयमा कक्षा १० र ११ मा अध्यनरत विद्यार्थीका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावक समिति लगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको सो क्यापिटलले जनाएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्तगरि सेवा प्रदान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।