logo

युनाइटेड अजोड इन्स्योरेन्सका सीइओ रावलको निधन

दिनभर कार्यालयको जिम्मेवारी सकेर साँझ कार्यक्रममा ,घरपुगेपछि हृदयघात

    1076   पटक पढिएको



८ कात्तिक/अर्थ र व्यापार – युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको छ । मुटुमा समस्या भएपछि भक्तपुरको नागरिक अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान निधन भएको हो ।
सोल्टी होटलमा बुधबार आयोजित अन्तर्राष्ट्रिय समावेशी बीमा बारेको कार्यक्रममा सहभागी भएर राति घर पुगेपछि उनी बिरामी भएको थिए । स्वास्थ्यमा समस्याभयपछि तत्काल उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सो कार्यक्रमबाट उनी राति १० बजेपछि घर फर्किएका थिए । घर फर्किएपछि अचानक बिरामी परेका उनलाई परिवारले तत्काल नागरिक अस्पताल लगेका थिए । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनको निधन भएको जानकारी दिएका थिए । दिनभर आफ्नो कार्यालयको जिम्मेवारी पुरा गरि साँझ कार्यक्रममा सोल्टी होटल पुगेका रावललाई गए राति नै हृदयघात भएको थियो ।
६१ वर्षिय रावलको श्रीमती, एक छोरा र एक छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने उनको घरपरिवार स्रोतले जानकारी गराएको छ । रावलको निधनले नेपालको बीमा क्षेत्रले एक कुशल व्यवस्थापक गुमाएको छ । निर्जीवन बीमा कम्पनी व्यवस्थापनको क्षेत्रमा रावल दुई दशकभन्दा बढीको अनुभवी थिए ।
नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत भइसकेका रावल प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए । आइजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरपछि भने रावललाई कम्पनीले वरिष्ठ नायब प्रमुख कार्यकारी बनाएको थियो ।
गत वर्ष युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्जरपछि मर्जर कमिटीले स्वर्गीय रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सिफारिस गरेको थियो । त्यसपछि उनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छाडेर युनाइटेड अजोडको व्यवस्थापन नेतृत्वमा आएका थिए । उनको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।