logo

मुक्तिनाथ कृषि कम्पनीद्वारा सहकारी साझेदारी बहस, लगानी दशकलाई भूमिका खोजी

    722   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – मुक्तिनाथ कृषि कम्पनीले छैटौं वार्षिकोत्सवमा ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’ बहस कार्यक्रम गरेको छ।
सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुसार सरकारी, गैरसरकारी, निजी र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा कम्पनीले सरोकारवालासँग छलफल गरेको हो।
कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ।
कार्यक्रममा मन्त्री अधिकारीले कृषकको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। उनले निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘रैथाने खाद्यान्नको प्रवर्धन, रसायनिक विषादीको प्रयोग न्यूनीकरण गरी स्वच्छ उत्पादन, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत, चक्लाबन्दी र सामूहिक खेतीको प्रवर्धनलाई सरकारले मुख्य प्राथमिकतामा राखेको छ,’ उनले भने।
कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा संघीय सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा र स्थानीय सरकारहरु उत्पादन र वितरणमा लाग्नुपर्ने टिप्पणी वक्ताहरुले गरेका थिए। त्यस्तै, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरुको संचालन तथा व्यवस्थापन र बजारीकरणमा लाग्नुपर्ने उनीहरुको सुझाव थियो।
उनले सहकारी क्षेत्र कृषक र उपभोक्तालाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रुपमा विकास साझेदारहरु क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका सदस्य डा.जयबहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यक रहेको औंल्याए।
मुक्तिनाथ कृषि कम्पनीको मुख्य लगानीकर्ता मुक्तिनाथ विकास बैंक हो । धितोपत्र बजारमा सूचीकृत कम्पनीको उद्देश्य संस्थागत मूल्य शृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण गर्नु रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।