logo

नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

    846   पटक पढिएको


९ भदौं/अर्थ र व्यापार – नेसनल लाइफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष सिंहले आव २०७९/८० मा जीवन बीमा व्यवसाय सोचे अनुसार विस्तार हुन नसके पनि आव २०८०/८१ मा सुधारको बाटो तय गरेको बताइन् । आव २०७९/८० मा कम्पनीको सबै वित्तीय सूचाकांकहरू उत्साहप्रद रहेको उनको भनाइ छ ।
कम्पनीको कुल बीमाशुल्क १६.६६ प्रतिशतले वृद्धि भई १६ अर्ब ८० करोड ९० लाख रुपैयाँ पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट ९ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको कम्पनीले जनाएको छ ।
कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५ अर्ब ४० करोड ४० लाख पुगेको कम्पनीको भनाइ छ । कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भई ४९ अर्ब ७८ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ ।
कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको र आव २०७९/८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

साधारण सभाले आव २०७९/८० को मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको १० प्रतिशतले हुने ५० करोड ११ लाख ६६ हजार ६४२ रुपैयाँ नगद लाभांस पारित गरेको छ । यस्तै चुक्ता पूँजीको ४ प्रतिशतले हुने २० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ बरारबको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । चुक्ता पूँजीको ४ प्रतिशत बोनस वितरण पछि कम्पनीको कुल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।