logo

३० प्रतिशत बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको नाफा

    523   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३० दशमलब ८ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो । कम्पनीको मुख्य बिजनेस आम्दानी अर्थात् खुद प्रिमियम आम्दानी भने ९ दशमलब ८ प्रतिशत बढेको छ ।
यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४० अर्ब ११ करोड रुपैयाँ छ । खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी १२ दशमलब ३ प्रतिशत बढेको छ । कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ६७ करोड रहेकोमा गत आर्थिक वर्षमा ५९ अर्ब १७ करोड रुपैयाँ छ ।
यस कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४ रुपैयाँ ७९ पैसा थियो ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ९९५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।