logo

सन नेपाल लाइफको खुद नाफा २६.५२ प्रतिशतले घट्यो, प्रिमियम संकलन भने बढ्यो

    491   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार – सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले आर्जन गरेको सो नाफा अघिल्लो वर्षको तुलनामा २६.५२ प्रतिशतले कम हो। कम्पनीले आव २०७९/८० मा ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस कम्पनीको दाबी भुक्तानी वृद्धि हुँदा खुद नाफामा घटेको हो। अघिल्लो वर्ष कम्पनीको दाबी भुक्तानी १०.५९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत वर्ष २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीको खुद प्रिमियम संकलन १५.७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षमा २ अर्ब ९८ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेकामा गत आव ३ अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी १४.५१ रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष सन नेपालको प्रति सेयर आम्दानी ३४.९४ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ छ । असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।