logo

सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप ६ को प्रि–अर्डर खुल्यो, मूल्य साढे २ लाखसम्म 

    805   पटक पढिएको

 

२ साउन/अर्थ र व्यापार – सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर खुला गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा स्मार्टफोनहरु ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरिएको हो।  कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सिरिजको सार्वजनिक गरेका थिए।सो कार्यक्रममा सामसङ नेपालका निर्देशक स्थापितले फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको बताएका थिए।‘फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,’ उनले भने।नयाँ ग्यालेक्सी जेड सिरिजलाई डुअल रियल हिङ्ग संरचनाले बलियो फोल्डिङ एजबाट थप बलियो बनाएको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ मा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म छ । अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्यसम्पादनको संयोजन यो मोबाइलमा रहेको कम्पनीको दाबी छ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ।यी मोडलमा नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज लगायतका फिचर समावेश छन्। गुगलसँगको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत गरिएको सो कम्पनीले जनाएको छ । यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउनेछ। जसमा ग्यालेक्सी जेड फ्लिप ६(१२+२५६ जीबी) सिल्भर श्याडो, ब्लु रंगको १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ , ग्यालेक्सी जेडफोल्ड ६ (१२+२५६ जीबी) सिल्भर श्याडो,न्यभी रंगका २ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी जेडफोल्ड ६ (१२+५१२जीबी) सिल्भर श्याडो,न्यभी कलरको २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ मुल्य रहेको सो कम्पनीले जनाएको छ । यसैगरी, गिफ्ट/ मोडल जेड फ्लिप ६ – २५६ जीबीजेड फोल्ड ६ – २५६ जीबीजेड फोल्ड ६ – ५१२ जीबी कभर सिलिकन केसको ५ हजार ४ सय ९९ रुपैयाँ,एस पेन केसको १२ हजार २ सय ९९ रुपैयाँ र एस पेन केसको १२ हजार २ सय ९९ रुपैयाँ मुल्य रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।