logo

पहिलो वेस्ट म्यानेजमेन्ट एन्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

    505   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलोपटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसीसी) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोकाकोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खाली सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा सो सम्मेलन गरिएको हो ।
डब्लूएमसीसीले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्वसम्बन्धी महत्वपूर्ण मुद्दाको समाधानका लागि सरकारी कर्मचारी, उद्योग व्यवसायी, वातावरणविद् र नागरिक अगुवालाई एकसाथ ल्याएको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले गरेका थिए । कार्यक्रममा मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबीसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वनमन्त्री नवल किशोर साह सुडीले गरेका थिए ।
कार्यक्रममा कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले वेस्ट म्यानेजमेन्ट एन्ड क्लाइमेट कन्फरेन्स नेपालका लागि एक कोसेढुंगा भएको बताए ।
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिबारे स्थानीय सरकारी अधिकारी र उद्योगीबीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरको सहभागिता रहेको थियो ।
सम्मेलनले सर्कुलर अर्थ व्यवस्थालाई प्रवद्र्धन गर्न फोहोरलाई उपयोगी स्रोतमा परिणत गर्ने उपायबारे छलफल गरिएको थियो । सो छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालमा देखापरेको जलवायु परिवर्तनको असरजस्ता विषयमा छलफल भएको थियो । जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचार र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो ।
वुमन फर ह्युमन राइट्सकी अध्यक्ष कविता पाण्डेले सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायलाई थप ऊर्जा प्रदान गरेको बताइन् ।
प्रतिनिधिसभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाले वातावरणीय चुनौतीको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएका थिए । नेपालमा फोहोर व्यवस्थापन र जलवायुसम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र पाँच देशका गरी ६ सय संस्थाका करिब १ हजार प्रतिनिधि सो सम्मेलनमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।