logo

पहिलो वेस्ट म्यानेजमेन्ट एन्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

    774   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलोपटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसीसी) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोकाकोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खाली सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा सो सम्मेलन गरिएको हो ।
डब्लूएमसीसीले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्वसम्बन्धी महत्वपूर्ण मुद्दाको समाधानका लागि सरकारी कर्मचारी, उद्योग व्यवसायी, वातावरणविद् र नागरिक अगुवालाई एकसाथ ल्याएको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले गरेका थिए । कार्यक्रममा मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबीसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वनमन्त्री नवल किशोर साह सुडीले गरेका थिए ।
कार्यक्रममा कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले वेस्ट म्यानेजमेन्ट एन्ड क्लाइमेट कन्फरेन्स नेपालका लागि एक कोसेढुंगा भएको बताए ।
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिबारे स्थानीय सरकारी अधिकारी र उद्योगीबीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरको सहभागिता रहेको थियो ।
सम्मेलनले सर्कुलर अर्थ व्यवस्थालाई प्रवद्र्धन गर्न फोहोरलाई उपयोगी स्रोतमा परिणत गर्ने उपायबारे छलफल गरिएको थियो । सो छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालमा देखापरेको जलवायु परिवर्तनको असरजस्ता विषयमा छलफल भएको थियो । जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचार र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो ।
वुमन फर ह्युमन राइट्सकी अध्यक्ष कविता पाण्डेले सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायलाई थप ऊर्जा प्रदान गरेको बताइन् ।
प्रतिनिधिसभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाले वातावरणीय चुनौतीको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएका थिए । नेपालमा फोहोर व्यवस्थापन र जलवायुसम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र पाँच देशका गरी ६ सय संस्थाका करिब १ हजार प्रतिनिधि सो सम्मेलनमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।