logo

एनसेलका ग्राहकलाई नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा र नवीकरणमा ५५ प्रतिशत छुट

    863   पटक पढिएको


२२ जेठ/अर्थ र व्यापार – एनसेलको सिमकार्ड प्रयोगकर्ताले मोबाइल एप डाउनलोड गरेर अब नासा सेक्युरिटिजका विभिन्न सेवा उपयोग गर्न पाउने भएका छन् । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिजले सेयर लगानीकर्ताहरुलाई नयाँ अवसर ल्याएको हो।
समझदारीका अनुसार एनसेलको मोबाइल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउने छन्।
पहिलो पटक डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरो सेयरमा दर्ता गर्न ५० रुपैयाँ शुल्क लाग्ने नासा सेक्युरिटिजले जनाएको छ। यसरी कुल १५० रुपैयाँको काम ५५ प्रतिशत छुट पाउँदा ६७.५० रुपैयाँमा गर्न सकिने छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौडेल समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरो सेयर नवीकरण गर्नेलगायतमा समस्या भए केही समस्या र जिज्ञासाहरु भए एनसेल एपको माध्यमबाट ग्राहकहरुले राख्न सक्ने बताइएको छ।
‘एनसेलले देशको अर्थतन्त्रमा सुधार ल्याउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पु¥याउन हाम्रा ग्राहकहरूलाई बेस्ट युज्ड केसहरू उपलब्ध गराउन हामी तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने।
उपभोक्तालाई प्रविधिमा पहुँच सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान संचालन गरिरहेको छ। जसअन्तर्गत सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा उत्साहित रहेको उनले बताए।
‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नविकरणमा भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्नेछ,’ नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक पौडेलले भने।
यस सम्बन्धी विस्तृत जानकारीका लागि नासा सेक्युरिटिजको सम्पर्क अधिकृत रुचित मान शाक्यलाई ९८०१८८०३४६ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।