logo

एनसेलका ग्राहकलाई नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा र नवीकरणमा ५५ प्रतिशत छुट

    483   पटक पढिएको


२२ जेठ/अर्थ र व्यापार – एनसेलको सिमकार्ड प्रयोगकर्ताले मोबाइल एप डाउनलोड गरेर अब नासा सेक्युरिटिजका विभिन्न सेवा उपयोग गर्न पाउने भएका छन् । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिजले सेयर लगानीकर्ताहरुलाई नयाँ अवसर ल्याएको हो।
समझदारीका अनुसार एनसेलको मोबाइल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउने छन्।
पहिलो पटक डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरो सेयरमा दर्ता गर्न ५० रुपैयाँ शुल्क लाग्ने नासा सेक्युरिटिजले जनाएको छ। यसरी कुल १५० रुपैयाँको काम ५५ प्रतिशत छुट पाउँदा ६७.५० रुपैयाँमा गर्न सकिने छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौडेल समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरो सेयर नवीकरण गर्नेलगायतमा समस्या भए केही समस्या र जिज्ञासाहरु भए एनसेल एपको माध्यमबाट ग्राहकहरुले राख्न सक्ने बताइएको छ।
‘एनसेलले देशको अर्थतन्त्रमा सुधार ल्याउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पु¥याउन हाम्रा ग्राहकहरूलाई बेस्ट युज्ड केसहरू उपलब्ध गराउन हामी तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने।
उपभोक्तालाई प्रविधिमा पहुँच सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान संचालन गरिरहेको छ। जसअन्तर्गत सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा उत्साहित रहेको उनले बताए।
‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नविकरणमा भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्नेछ,’ नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक पौडेलले भने।
यस सम्बन्धी विस्तृत जानकारीका लागि नासा सेक्युरिटिजको सम्पर्क अधिकृत रुचित मान शाक्यलाई ९८०१८८०३४६ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।