logo

हाथवे इन्भेष्टमेन्ट ७ करोड ५० लाख नाफा आर्जन गर्न सफल, आम्दानीमा ८९ प्रतिशतको वृद्धि

    467   पटक पढिएको



२७ बैशाख/अर्थ र व्यापार – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको थियो ।
यस कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८९ दशमलब २० प्रतिशतले बढी हो । जसका कारण यस कम्पनीको कुल खर्च घटेको छ ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर १० करोड ४४ लाख रुपैयाँमा आइपुगेको छ । यस कम्पनीले यो अवधिसम्म ८ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।
कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ७१ लाख रुपैयाँबाट बढेर ३६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको फेयर भ्यालु रिजर्भमा ३४ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३ दशमलब ८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७७.६२,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २ सय २२.०३ गुणा कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।