logo

सर्वाेत्तम सिमेन्टमा सञ्चालक समितिका ६ सदस्य निर्विरोध निर्वाचित

    888   पटक पढिएको


१४ वैशाख/अर्थ र व्यापार – सर्वाेत्तम सिमेन्ट लिमिटेडले सेयरधनीलाई आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको छ ।
साधारण सभाले सञ्चालक समिति संस्थापक सेयरधनी समूहबाट विष्णुप्रसाद न्यौपाने, विमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ र उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनीत गरिएको सो कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण पनि पारित गरेको छ।
सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीले आफ्नो स्थापनापछि हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङ्कर उत्पादन गरी बिक्री गरेको जानकारी गराए ।
सो कम्पनीसँग प्रति दिन ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारका लागि आफ्नो शतप्रतिशत लगानी रहेको सहायक कम्पनी मार्फत झापाको भद्रपुरमा रहेको मनषा सिमेन्ट इन्डष्ट्रिज खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।