logo

प्रभु केबुलकारले आईपीओ जारी गर्ने

    666   पटक पढिएको


४ बैशाख/अर्थ र व्यापार – प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको छ ।
योग्य संस्थाले बिक्री प्रबन्धकको रूपमा कार्य गर्न निवेदन दिएपछि प्रतिस्पर्धाबाट छनोट हुनेछ । बिक्री प्रवन्धकले आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउने छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको हो । बिक्री प्रबन्धकले नै कम्पनीको प्रिमियम मूल्य प्रस्ताव गर्ने छ ।
कम्पनीले तीनवटा केबुलकार परियोजना अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केबुलकार परियोजना सम्पन्न हुने चरणमा छ । रुपन्देही मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पा नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण अन्तिम चरणमा छ ।
अरू दुई परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै आयोजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।