logo

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त

    665   पटक पढिएको


२० फागुन/अर्थ र व्यापार – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चारवर्षे कार्यकालकालागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा परिचित छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स र साविक प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ ।यसअघि प्रसाई साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवनियुक्त सिईओ प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । नवनियुक्त सिईओ प्रसाईको अग्रतामा यस कम्पनीले नयाँ उचाई लिनेमा सञ्चालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।