logo

हिमालयन लघुवित्तको नाफा ६० प्रतिशतले घट्यो

    726   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६० प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा जम्मा ५२ लाख ५८ हजार रुपैयाँ छ ।
गत वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ३३ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढे पनि सञ्चालन खर्च बढ्दा नाफामा असर परेको देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ ।
गत वर्षको यस अवधिमा खुद ब्याज आम्दानी १० करोड ५५ लाख रुपैयाँ थियो । यस कम्पनीको निष्क्रिय कर्जा बढेको छ । पुस मसान्तसम्म प्रवाह भएको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ३.५९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा २.९३ प्रतिशत थियो ।
यस कम्पनीको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) गत वर्षको दोस्रो त्रैमासमा १ करोड ३५ लाख रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ७८ लाख ३१ हजार रुपैयाँ छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ २९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।