logo

भारतमा पनि पुनर्बीमा व्यवसाय गर्न हिमालयन रि इन्स्योरेन्सलाई बाटो खुल्यो

    882   पटक पढिएको


५ माघ/अर्थ र व्यापार – निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय लिन बाटो खुलेको छ ।
भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुलेको हो ।
हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हिमालयन रिइन्स्योरेन्सले भारतमा स्वीकृति पाएसँगै पुनर्बीमा व्यवसायलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाएको छ । केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरी स्टक मार्केटमा कम्पनी सूचीकृत छ ।
स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग पनि आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ । विदेशबाट पुनर्बीमा व्यवसाय ल्याउन सक्ने तथा स्वदेशी बिमकहरुबाट समेत पुनर्बीमा कम्पनीलाई व्यवसाय सुनिश्चित गरिएको छ ।
नेपालका सबै बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा
आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।