logo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ सञ्चालक निर्विरोध चयन

१७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित

    1008   पटक पढिएको

१ माघ / अर्थ र व्यापार- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ । आईतवार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार संस्थापक समूहबाट ४ जना शिक्षा भट्टचन (प्रतिनिधि नेपाल इन्भेस्टमेन्ट प्रा.लि), सुशन शेरचन, सम्झना अर्याल र वीरेन्द्र जंग पाण्डे (प्रतिनिधि ज्योति बिकास बैंक लि) तथा सर्वसाधारण समूहबाट २ जना ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ) चयन भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।