logo

अन्नपूर्ण केबलकारको ‘पार्टनर्स मिट’ कार्यक्रम सम्पन्न

    700   पटक पढिएको

२३ कात्तिक/अर्थ र व्यापार – पोखरामा सञ्चालित अन्नपूर्ण केबलकार लिमिटेडद्धारा बुधबार काठमाडौमा आयोजित आफ्ना साझेदार सहयात्रीहरु सहभागी ‘पार्टनर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र निर्देशक आजात श्रेष्ठले गमलाको फुलमा पानी हालेर पर्यटन विकासको प्रतिवद्धताकासाथ सम्पन्न पार्टनर्स मिट कार्यक्रमको उद्घाटन गरेका थिए ।
मुलुकभरका विभिन्न पर्यटन क्षेत्रका संघसंस्थाकाप्रतिनिधीहरु, आफ्ना पार्टनर्स कम्पनीका प्रतिनिधीहरु एवं सम्बन्धीत साझेदार सरोकारवालाहरुलाई सहभागी गराईएको सो कार्यक्रममा अन्नपूर्ण केबलकारका निर्देशकहरु तिर्थराज त्रिपाठी,चन्द्रबहादुर कार्की,स्वतन्त्र निर्देशक सनत न्यौपाने, जिएम अन्जन बड्गामी, सिनियर माक्रेटिङ म्यानेजर समनराज मानन्धर र बजार प्रवन्धक अरुण कोइरालाले कार्यक्रममा सभागीहरुलाई स्वागत गरेका थिए ।
पार्टनर्स मिट कार्यक्रमा अन्नपूर्ण केवलकारका अध्यक्ष गुरुङले यो सहकार्यले पोखराको मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुयाउने बताए ।
यसैगरी, अन्नपूर्ण केबल कारका स्वतन्त्र निदेशक सनत न्यौपानेले यो कार्यक्रम पोखराका साथै समग्र नेपालको पर्यटन क्षेत्रको उत्थानका लागि प्रयत्नरत समस्त मानिसहरुको एक्यवद्धताका लागि निमन्त्रणाका रुपमा रहेको बताए ।

उनले यो कार्यक्रम सबै सरोकारवालालाई एकताको सूत्रमा बाँध्दै पोखराका साथै नेपाललाई उत्कृष्ट पर्यटकिय गणतव्यका रुपमा स्थापित गर्न सहकार्यका लागि आग्रह एवं प्रोत्साहन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताए ।
हाल १७ वटा गन्डोलामा आधारित लिफ्ट ट्रान्सपोर्टेशन प्रणालीकै अग्रणी अन्नपूर्ण केबलकार लिमिटेडले सो कार्यक्रममा देसका प्रमुख ट्राभल एजेन्सीहरुका साथै कम्पनीका बिजनेश पाटनसहरुको उल्लेखनिय सहभागिता गराएको थियो ।
सोही कार्यक्रम मार्फत अन्नपूर्ण केबलकारले आफ्ना पार्टनर्सहरुसंगको सम्बन्ध थप मजबुद बनाउदै नयाँ पार्टनर्सलाई पोखराका साथै नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहकार्यका लागि आमन्त्रण गर्ने गरेको हो । सोही कार्यक्रम मार्फत अन्नपूर्ण केबलकार कम्पनीले आगामी २५ फागुनमा थप आकर्षणकालागि केबलकारको टपस्टेशनमा ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमा अनावरण गर्ने घोषणा समेत गरेको छ ।
अन्नपूर्ण केबलकार लिमिटेडका अध्यक्ष कालु गुरुङले यस्तो जानकारी गराएका हुन । उनले आगामी २५ फागुनकै दिन यस केबलकारको औपचाकिक उद्घाटन समेत गरिने बताए ।
२०७३ सालमा स्थापित भई २०७८ सालको ६ फागुनदेखि संचालनमा आएको अन्नपूर्ण केवलकारले सेदीबगरदेखि सराङकोट जोड्ने, २ वटा स्टेशनकासाथ २२ किमीको केवल कार सेवा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
हाल यस केबलकारमा १७ वटा गोन्डोला रहेका छन् । यसले प्रति घण्टा पाँचसय जना मानिसलाई सुविधा दिने क्षमता राख्ने सो कम्पनीले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र आरामदायी केवल कार सेवा प्रदान गर्न अन्नपूर्ण केवल कार समर्पित रहेको सो कम्पनीले जनाएको छ । यस कम्पनीले निप्पोन केवल कम्पनी लिमिटेड, जापानद्वारा प्रदान गरेको सुरक्षा मापदण्डको विशेष रूपमा पालना गरेको जनाएको छ । हाल यस कम्पनीमा ८० भन्दा बढी दक्ष तथा अर्ध–दक्ष जनशक्ति कार्यरत रहेका छन् ।
सो कम्पनीले साइक्लिङ, जिप लाइनिङ, स्वीङ, बन्जीजम्पिङ, रकक्लाइम्बिङ, क्यानोइंग लगायत रोमाञ्चक खेलको मनोरञ्जन लिने सुविधा पनि आफ्नो प्राङ्गणमा उपलब्ध गराउदै आइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।