logo

नेको इन्स्योरेन्सद्वारा भुकम्प पीडितलाई राहत सामग्री वितरण

    732   पटक पढिएको


२२ कात्तिक/अर्थ र व्यापार – नेको इन्स्योरेन्स कम्पनीले भूकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको छ । कम्पनीले गत १७ कात्तिकको राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट ठूलो धनजन क्षति भएको जाजरकोट र रूकुम पश्चिम क्षेत्रका पिडितलाई राहत सामग्री वितरण गरेको हो ।

सो कम्पनीले जाडोमा ओड्नको लागि कम्बल, त्रिपाल र खाद्यान्न भुकम्पबाट प्रभावित जनतालाई हस्तान्तरण गरेको जनाएको छ । नेको इन्स्योरेन्स बीमा कम्पनीहरू मध्येकै सबैभन्दा पहले राहत लिएर भुकम्प प्रभावित क्षेत्रमा पुगेको सो कम्पनीले जनाएको छ ।
नेको इन्स्योरेन्सको कर्णाली प्रदेश शाखा प्रमुखसहितको टोलीले रूकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटका भुकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

हालसम्म झण्डै दुई सयको ज्यान गएको र ३ हजार घरहरू भत्किको क्षेत्रमा राहत सामग्री वितरण गरेको हो ।
प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत वितरण कार्य अझै जारी रहने नेको इन्स्योरेन्सले जनाएको छ । विकट क्षेत्रमा बढि क्षति पुगेको र राहत सामग्रीको अभावमा सर्वसाधारण खुल्ला आकाश मुनि रात बिताईरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।