logo

सेन्ट्रल फाइनान्सद्वारा होर्डिङ्ग बोर्ड जडान र रक्तदान कार्यक्रम सम्पन्न 

    1095   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार – सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुरशाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्गबोर्डहरु लगाएको छ । रौतहट जिल्लाको राजमार्गको धनसारपुलदेखि बागमतीसम्मका विभिन्न स्थानहरुमा यस्तो होर्डिङ्गबोर्डहरु लगाइएको हो ।
सवारी चालककालागि ढिलो गएअवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न, मादकपदार्थ सेवन गरी सवारी साधन नचलाऔं, तीव्र गति जीवनक्षति जस्ता चेतनामूलक सन्देश सहितको होर्डिङ्गबोर्ड सेन्ट्रल फाईनान्सको चन्द्रपुर शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रपुरको सहयोगमा लगाएको हो ।
दुर्घटना न्यूनीकरणमा सहयोगसिद्ध यस्ता होर्डिङ्गबोर्डहरु राजमार्गमा लगाउने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रपुरका प्रमुख सुशिल आचार्य तथा संस्थाको चन्द्रपुर शाखाका प्रमुख लोकनाथ पौडेल लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति थियो ।
यसैगरी, संस्थाको डकाहा शाखाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । दुधौली नगरपालिका – ४ स्थित सरस्वती क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी लगायत२४ जनाले रक्तदान गरेका थिए । यस संस्थाका डकाहा शाखाका शाखा प्रमुख दिपेश पाण्डेले
संस्थाले सो रक्तदान कार्यक्रम आयोजना गरेकोे जानकारी दिएका हुन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको डकाहा तथा चन्द्रपुर शाखा कार्यालयबाट सो कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवादिंदै आएको यस संस्थाको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप, एटीम डेबिट कार्ड, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटिजिएस, क्युआर पेमेन्ट रेमिट्यान्स सेवा, सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवाप्रदान गर्दै आएको जनाएको छ ।
संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ्ग सेवाप्रदानगर्दै लैजाने लक्ष्य लिएको जनाएको छ । ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।