logo

आइएमई–पेबाट अब सजिलै एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने

    806   पटक पढिएको


१२ असोज/अर्थ र व्यापार – आइएमई–पेमार्फत सेवाग्राहीहरुले अब सजिलै आफ्नो सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्।
एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई–पेले एनआइसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।
सो सम्झौताअन्तर्गत अब आइएमई–पेका सेवाग्राहीहरुले एनआइसी एसिया क्यापिटलको एनआइसी एसिया डायनामिक डेट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी सहजै गर्न सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो केही समययता पुँजी बजारमा एसआइपी लोकप्रिय बन्दै गएको छ। त्यसकारण पनि यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई–पेले आफ्ना सेवाग्राहीहरुको लागि यो सेवा सञ्चालन गरेको आइएमई–पेका सीईओ प्रवीण रेग्मीले बताए।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ‘आइएमई–पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।