logo

फोन पे को “फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ” अभियानको घोषणा

    907   पटक पढिएको

१२ भाद्र /  अर्थ र व्यापार- फोन पे ले “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ । यस अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको छ ।

“मोबाईल नंबर भए पुग्छ” भन्ने ट्यागलाइन मा आधारित यस अभियानले आफ्नो मोबाईलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोवार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको देखिन्छ ।

यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्युआर जस्ता तरिकाहरु रहेका छन । त्यसकै फलस्वरुप नेपालका विभिन्न बैँकहरूमा फोन पे ले ग्राहकहरुलाई फोन पे डिरेक्ट सम्बन्धि चेतना प्रदान गर्दै विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको देखिएको छ, जसबाट चौतर्फि एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ ।

भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रो को मेगा उपहारबाट पुरस्कृत गरिने कम्पनीले जनाएको छ ।

“सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध छ । पैसा पठाऔँ ठाउँको ठाउँ अभियान, यस प्रतिबद्धताको एक उदाहरण हो । फोन पे डिरेक्ट द्वारा हामीले पैसाको आदान– प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्दैछौं”– यस अभियानको बारेमा फोन पे का चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।