logo

चन्द्रागिरि हिल्सको नाफा बढ्यो

    1017   पटक पढिएको


३० साउन/अर्थ र व्यापार – सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्सको नाफा पनि उल्लेख्य रुपमा बढेको छ । कारोना महामारिपछि पर्यटन व्यवसाय चलायमान बन्दै जाँदा चन्द्रागिरि हिल्सको आम्दानीसँगै नाफामा पनि उल्लेख्य रुपमा सुधार भएको छ ।

यस कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमो नाफा उल्लेख्य रुपमा बढाएको हो ।
यसैगरि, यस कम्पनीको सञ्चालन आम्दानी बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा पनि बढेको हो ।

व्यवसाय बढ्दै जाँदा कम्पनीको वस्तु बिक्रीको लागत केही बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ । कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ ।
कम्पनीको आम्दानी बढेपनि वित्तीय लागत बढ्न गएको छ । अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन खर्चमा वृद्धिका बाबजुत पनि कम्पनीको आयमा भएको वृद्धिले नाफा बढेको हो । नाफा बढे पनि सञ्चित नोक्सानीमा रहेकोले कम्पनीका सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने हुन्छ ।
एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित घाटा २३ करोड ४४ लाख ७२ लाख रुपैयाँ छ ।

यस कम्पनीले नाफा कमाउन लागे पनि सञ्चित घाटा बाँकी रहेकोले लाभांशको लागि केही वर्ष पर्खनुपर्ने भएको सो कम्पनीले जनाएको छ । सो कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २२ पैसाबाट बढेर ८४ रुपैयाँ ७२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ ।
गत आर्थिक नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको बैंक ऋण २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बाँकी छ । २०७९ सालको असारमा २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ रहेको ऋण घटाउँदै लगेको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।