logo

सूर्य नेपालले चुरोट बेचेरै कमायो २७ अर्ब रुपैयाँ

    1200   पटक पढिएको


२३ साउन/अर्थ र व्यापार – बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले चुरोट बेचेर एकवर्षको अवधीमै २७ अर्ब रुपैयाँ कमाएको छ ।
यो अघिल्लो वर्षको भन्दा डेढ अर्ब रुपैयाँ अर्थात् १०.२९ प्रतिशतले बढी हो । सूर्य लगायतका ब्राण्डमा चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको सूर्य नेपाल राम्रो प्रतिफल दिने कम्पनी पनि हो ।
गत वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब रुपैयाँले बढी हो । यस कम्पनीले लगानी विविधिकरण गर्न होटल व्यवसायमा प्रवेश गर्ने घोषणा गरेको भए पनि निर्माण भने सुरु गरिसकेको छैन।
सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । रेटिंग एजेन्सीले सूर्य नेपालको सो कर्जालाई ए वान प्लस रेटिंग दिएको छ । जसको अर्थ हो सो कम्पनीमा कर्जा लगानी गर्नु अत्यन्तै कम जोखिम छ ।
चुरोटका साथै सूर्य नेपालले सलाई र मंगलम ब्राण्डका अगरबत्ती पनि उत्पादन गर्दै आएको छ । यसैगरि, यस कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ । सूर्य नेपालका देशभर १०० भन्दा बढी थोक बिक्रेता रहेका छन्।
सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ । ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ । यसैगरि, २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको लगानी स्वामित्व यस कम्पनीमा छ ।
सूर्य नेपालको माउ कम्पनी आइटिसीले एकवर्षमा ८ अर्ब ४५ करोड अमेरिकी डलरबराबर व्यापार गरेको छ । आइटिसीको बजार पुँजीकरण ५८ अर्ब डलर पुगेको छ । आइटिसी सन् १९१० मा स्थापना भएको थियो । कम्पनी भारतमा चुरोट उत्पादनसाथै प्याकेजिङ फुड, स्टेसनरी, सलाइ, अगरबत्ती, होटल, एग्रो लगायतका व्यवसायमा आवद्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।